मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण २२ आइतबार १३:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१२ वर्षे श्वेतकाली मेलाका लागि महानगरले २८ लाख उपलब्ध गराउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १३:o२:oo

काठमाडौं महानगरपालिकाले १२ वर्षे श्वेतकाली मेलाका लागि २८ लाख उपलब्ध गराउने भएको छ। वडा नम्बर १८ मा आयोजित न्यतभुलु अजिमा (श्वेतकाली) मेलाका लागि आर्थिक सहयोग उपलब्ध गराउने तथा लक्ष्मीनारायण महर्जनको सालिक अनावरण गर्ने कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले यस्तो घोषणा गरेका हुन्।

मेयर शाक्यले काठमाडौंको इतिहास बचाएर जीवन्त सांस्कृतिक सहर बनाउने अभियानमा आफू निरन्तर लागिरहेको बताए। कार्यक्रममा मेयर शाक्यले समय र परिस्थितिले परम्परागत जात्रा, पर्व सञ्चालन गर्न खर्च बढेको बताउँदै खर्च नभएकै कारण कुनै पनि जात्रा पर्व रोकिन नदिने प्रतिबद्धता गरे।

‘सम्पदा संरक्षणका लागि अहिले जति काम भएका छन्, हाम्रो क्षमताले त्योभन्दा धेरै गर्न सक्थ्यो । निकायगत समन्वयमा समस्या छ,’ मेयर शाक्यले भने, ‘पुरातत्व विभाग र गुठी संस्थानबाट आवश्यकताअनुसार सहयोग नपाएपछि स्रोत भएर पनि जीर्ण सम्पदाको संरक्षणमा काम गर्न सकिएन।’

यस वर्ष चैत १४ गतेदेखि श्वेतकालीको १२ वर्षे मेला सुरु हुनेछ। मेलाका क्रममा उपत्यकासहित बनेपालगायतका ठाउँमा श्वेतकालीको नाच प्रदर्शन हुनेछ।