१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १७ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ फाल्गुण १७ मंगलबार १२:o२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनीका अस्पतालहरूमा अध्यक्ष र खेलकुद परिषदमा सदस्य नियुक्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १७ मंगलबार १२:o२:oo

लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न अस्पतालहरूमा अध्यक्ष नियुक्त गरेको छ। प्रदेश सरकार  मन्त्रिपरिषद्को बैठकले प्रदेश खेलकुद परिषद् र अस्पताल व्यवस्थापन समितिमा विभिन्न व्यक्तिहरूलाई नियुक्त गरेको हो ।

सरकारका  प्रवक्ता एवं मन्त्री तिलकराम शर्माका अनुसार रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे नियुक्त भएका छन्।

त्यस्तै, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्णप्रसाद अहिर, पृथ्वीचन्द्र अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्णप्रसाद खनाल, तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलवस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कलम रायमाझी नियुक्त भएका छन्।

यसैगरी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्रप्रसाद श्रेष्ठ, भीम अस्पताल विकास समितिको अध्यक्षमा कुलप्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कुप्रसाद न्यौपाने नियुक्त भएका छन्।

यता, प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपन्देहीका जयप्रकाश भट्टराई, कोसिसबहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिमका नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारू, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर र गुल्मीका भरत थापालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को बैकठले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ । यसैगरी, वार्षिक कार्यक्रमअन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ । बैठकले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ को पहिलो संशोधनसमेत स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए।

ad
ad
ad
ad