१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १२ बुधबार
  • Saturday, 28 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार १२ बुधबार १५:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कञ्चनपुरमा पहिलोपटक स्केटिङ एकेडेमी सञ्चालनमा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार १२ बुधबार १५:४९:oo

कञ्चनपुरमा पहिलोपटक स्केटिङ एकेडेमी सञ्चालनमा आएको छ । भीमदत्त नगरपालिका– १८ महेन्द्रनगरमा स्थानीय युवाहरू ज्ञानेन्द्र महता र उमेश पाण्डेयले जिल्लामै पहिलोपटक स्केटिङ एकेडेमी सञ्चालनमा ल्याएका हुन्।

गत जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि सञ्चालनमा आएको फारवेस्ट स्केटिङ एन्ड स्पोर्टस् एकेडेमीको मंगलबार मात्रै औपचारिक उद्घाटन गरिएको हो। 

पछिल्ला दिनहरूमा बालबालिका, किशोरकिशोरी र युवाहरू मोबाइलको लतदेखि अन्य कुलतमा फस्न लागेको अवस्थामा स्पोर्टस् एकेडेमी सुरु गरेको सञ्चालकमध्येका एक ज्ञानेन्द्र महता बताउँछन्।

‘बालबालिकादेखि युवाहरूलाई स्केटिङमा व्यस्त गराउँदै कुलतबाट जोगाउने र अर्कोतिर स्वास्थ्य, खेलकुद विकास गर्ने हाम्रो लक्ष्य छ,’ उनले भने। अर्का सञ्चालक उमेश पाण्डेयका अनुसार चार प्रशिक्षक रहेका एकेडेमीमा अहिले दैनिक तीन सयजनासम्म खेल्नका लागि आउने गरेका छन्।

उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बालबालिकामा मोबाइलको लत, किशोरकिशोरी र युवायुवतीमा लागुऔषधको कुलत बढेको भन्दै यस्तो वेला खेलकुदले उनीहरूलाई जोगाउन सहयोग गर्ने बताए।

यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले युवाहरूको सिर्जनात्मक कामको प्रशंसा गर्दै भने, ‘यसअघि ज्ञानेन्द्रजीले मानव स्वास्थ्य बनाउनका लागि ड्रागनफ्रुट ल्याएका थिए। अब स्वास्थ्य सुधारका लागि तालिम सेन्टर ल्याएका छन्।’