१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका इस्लामावाद
२o८१ बैशाख २२ शनिबार १७:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकाले भियतनामबाट पाठ सिकेन : पाकिस्तानी राष्ट्रपति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:३९:oo

पाकिस्तानी राष्ट्रपति आरिफ अल्बीले संयुक्त राज्य अमेरिकाले 'विगतबाट पाठ नसिकेको' र 'अर्को जालमा फसेको' भन्दै आश्चर्य व्यक्त गरेका छन्। अल्बीले ‘दक्षिण एसिया : उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन्।

'मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्नेछैन,' अल्बीले भने। राष्ट्रपति अल्बीको यो टिप्पणी जारी रुस–युक्रेन द्वन्द्वको बीचमा आएको हो। केही समयअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गरेका थिए। यद्यपि, विश्लेषकहरूले यो भ्रमणलाई 'असान्दर्भिक' र 'मूर्खतापूर्ण' भनेका छन्। रासस/एएनआई

ad
ad