मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १३ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण १३ शुक्रबार १२:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अज्ञात समूहद्वारा गाउँपालिका र वडा कार्यालय तोडफोड, लघुवित्तको तीन लाख चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १३ शुक्रबार १२:३१:oo

सल्यानको कालीमाटी गाउँपालिकाको कार्यालय भवनमा तोडफोड भएको छ। गएराति अज्ञात समूहले गाउँपालिका कार्यालयको १२ वटा कोठाको ताल्चा फोडेर सिसी क्यामेरासमेत फुटाएको गाउँपालिकाका उपाध्यक्ष सनशीलता वलीले जानकारी दिइन्।

गाउँपालिकाको कार्यालयको प्रशासकीय भवनको सम्पूर्ण ढोकाका ताल्चा तोडफोड गरी प्रमुख प्रशासक, अध्यक्ष र उपाध्यक्षको कार्यकक्ष तोडफोड भएको छ। कार्यालयका कम्प्युटरसमेत चोरी भएको गाउँपालिकाले जनाएको छ।

कार्यालय तोडफोड भएको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। कार्यालयभित्र के–कति क्षति भयो यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

यस्तै, गाउँपालिका कार्यालयनजिकैको जाल्पा सामुदायिक लघुवित्त संस्थाबाट तीन लाख रुपैयाँ चोरी भएको र ३ नम्बर वडा कार्यालयमा तोडफोड भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी इन्स्पेक्टर अर्जुन पौडेलले जानकारी दिए।