मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Wednesday, 02 September, 2026
२o७८ फाल्गुण ९ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरू नलम्ब्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार १३:२१:oo

बंगलादेशले कोभिड– १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरू अब नलम्ब्याउने जनाएको छ। यहाँको मन्त्रिपरिषद्का सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन्। उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरूको समय नथप्ने जानकारी दिए।

बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरू लगाइएको थियो। विद्यालय, विश्वविद्यालय, होटेलहरू बन्द गर्नेदेखि सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरू लगाइएको छ।

ती प्रतिबन्धहरूको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको अनवारुलले जानकारी दिए। रासस/सिन्ह्वा