मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ८ आइतबार १८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडकमा आन्दोलन र संसदमा साथ दिने नाटक भइरहेको छ : विशाल भट्टराई (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार १८:२o:oo

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केही दलहरूले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको आरोप लगाएका छन्। उनले आफ्नो पार्टीको माग पूरा नहोउन्जेलसम्म पार्टीले संसदमा अवरोध गरिरहने बताए। 

‘एमसिसीमा सडकमा द्वन्द्व सिर्जना गरेर, हिंसा निम्त्याएर नेपाली नागरिकहरूको बीचमा एउटा असाध्यै पेचिलो लडाइँ सिर्जना गरेर विलम्ब गरेर ल्याइयो। नाटक के देखिँदै छ भने सरकारमा पनि बस्ने, संसदमा पनि उपस्थित हुने, कोही बस्ने कोही उभिने, कोही नारा लगाउने, कोही मुसुमुसु हाँसिरहने, त्यस्तो नाटक पनि देखिएको छ,’ उनले भने, ‘सडकमा एउटा, अमेरिकासँग एउटा, कार्यकर्तासँग एउटा, बैठकमा एउटा, रोचक दृश्य तपाईंहरूले देखिरहनुभएको छ। नेकपा एमाले अहिलेको सभामुखको अन्याय, अत्याचार र विभेदका कारणले लामो समयदेखि संसदीय कामकारबाहीमा विमुख भएर बसेको छ। हामीप्रति गरिएको अन्यायको कारणले गर्दा हामीले त्यसलाई प्रतिवाद गर्न हामी नाराबाजी र घेराउमा छौँ। त्यसकारण कुनै पनि संसदीय काम कारबाहीमा नेकपा एमालेलाई संलग्न हुने अवसर प्रदान गरिएको छैन। यी कुनै प्रक्रियामा हामी सामेल हुँदैनौँ। सडकमा हिंसा र जबर्जस्ती जे गर्न खोजिएको छ नेकपा एमाले त्यसकाे विरोध गर्दछौँ।’

माग पूरा नभएसम्म नेकपा एमाले कतै नजाने र संसदमा अवरोध गरिरहने उनले बताए। सभामुखसमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद्लाई दलीय सहमतिको नभई दलीय अनुमतिबेगर बोल्न दिएकोमा आपत्ति प्रकट गरेको पनि उनले बताए।