१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Sunday, 30 June, 2024
२o७८ फाल्गुण ८ आइतबार १६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमसिसी सम्झौता संसदमा पेस गरिएको भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार १६:o७:oo

एमसिसी सम्झौता संसदमा पेस गरिएको भन्दै १० राजनीतिक दलले कर्णाली प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी), राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टीलगायतका राजनीतिक दलहरूले कर्णालीका १० वटै जिल्ला कार्यालय घेराउ गरेका हुन्।

सत्तागठबन्धनको नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी, युवा तथा अन्य भ्रातृ संगठनहरूले पनि प्रदेशका विभिन्न जिल्लामा विरोध जुलुस निकालेका छन्। 

राष्ट्रिय जनमोर्चा कालिकोटका अध्यक्ष कृष्णबहादुर शाहीले राष्ट्रघाती सम्झौता संसदमा टेबुल गरिएकाले यसविरुद्ध आवाज उठाउन जिल्ला प्रशासन कार्यालय घेराउ गरेर विरोध गरिएको बताए। ‘जनताविरोधी गतिविधि भएका कारणले जिल्ला प्रशासन कार्यालय घेराउन गरिएको हो,’ उनले भने।

अनेरास्ववियु (क्रान्तिकारी) कर्णाली प्रदेश अध्यक्ष राजेन्द्र बुढाले एमसिसी खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्। ‘एमसिसी सम्झौता खारेज नभएसम्मका लागि सबै जिल्लामा आन्दोलनका कार्यक्रम राखिएको छ,’ उनले भने, ‘पार्टी सरकारमा भए पनि हामी आन्दोलन जारी राख्छौँ।’
 

ad
ad
ad
ad