मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ८ आइतबार o७:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हाइड्रोजन ऊर्जा उत्पादन  गर्न सुझाब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार o७:४७:oo

छुट्टै निकाय गठन गरेर हाइड्रोजन ऊर्जा उत्पादन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई सुझाब दिइएको छ । विद्युतीय ऊर्जा उपयोग गरेर हाइड्रोजन ऊर्जा उत्पादन गरी विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम गर्ने विषयमा अध्ययन गर्न गठित समितिले शुक्रबार ऊर्जामन्त्री पम्फा भुसाललाई प्रतिवेदन पेस गर्दै यस्तो सुझाब दिइएको हो ।

प्रतिवेदनमा नेपालले हरित हाइड्रोजन नियमन कानुनी ढाँचा तयार गरेर अगाडि बढ्न सुझाब दिइएको छ । पहिलो चरणमा नीति–निर्माण गर्ने, दोस्रो चरणमा हाइड्रोजन ऊर्जा उत्पादन र प्रयोगलाई व्यावसायिक रूपमा अगाडि बढाउने र तेस्रो चरणमा विश्व बजारमा हाइड्रोजन ऊर्जामा नेपालको उपस्थिति देखाउनुपर्ने सुझाब दिइएको छ ।

प्रतिवेदन ग्रहणपछि ऊर्जामन्त्री भुसालले विज्ञहरूको सुझाब लिएर सरकारले हाइड्रोजनसम्बन्धी नीति बनाउने बताइन् । ‘नयाँ प्रविधिका रूपमा विश्वमा अगाडि आइरहेको हाइड्रोजन ऊर्जा उत्पादन र खपत सम्बन्धमा नेपालले अग्रणी भूमिका निर्वाह गर्न सक्ने अवसर रहेको छ,’ उनले भनिन् ।

नवीकरणीय ऊर्जाको स्रोतका रूपमा जलविद्युत्बाट हरित हाइड्रोजन उत्पादन गरी प्रयोगमा ल्याउने विषयमा मन्त्रालयले १ मंसिर ०७८ मा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिवको नेतृत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।