![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/scorting-vehicles-in-siraha2022-02-16-03-25-26.jpeg)
बन्द गराउँदै हिँडेका ५२ जनालाई देशका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये सबैभन्दा धेरै नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ता रहेको प्रहरीले जनाएको छ।
सरकारले संसदमा एमसिसी टेबुल गर्न लागेपछि विभिन्न ६ राजनीतिक दलले आज बन्द आह्वान गरेका थिए। प्रहरी प्रशासनले उक्त आह्वान रोक्न सुरक्षा निगरानी बढाएको छ। लामो दूरीका यातायातमा बन्दको असर परे पनि सहरी क्षेत्रमा भने बन्दको प्रभाव न्यून छ। प्रहरी प्रशासनले बिहानैदेखि सुरक्षा निगरानी बढाएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।