१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २७ बिहीबार
  • Sunday, 29 September, 2024
२o७८ माघ २७ बिहीबार १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहामा हजारजनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २७ बिहीबार १३:५१:oo

सिराहामा एक हजारजनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ। विशेष नापी कार्यालयले सिराहाको मिर्चैया नगरपालिका १ र २ का स्थानीयलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेको हो।

मिर्चैया नगरपालिका– २ मल्हनिया खोरीमा आयोजित कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरेकी हुन्। मिर्चैया नगरपालिका– १ रामपुरबिर्ताका चार सय ५० र वडा नम्बर २ का मल्हनिया खोरीका पाँच सय ५४ जनालाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको विशेष नापी कार्यालयका प्रमुख दिलीपकुमार सिंहले जानकारी दिए।

मन्त्री श्रेष्ठले जग्गा प्रमाणपुर्जा वितरण समारोहमा जमिनको हकभोग भए पनि कानुनी अधिकार प्राप्त नहुँदा बेच्न सक्ने अवस्था नभएको बताइन्। प्रमाणपुर्जा नहुँदा थुप्रै समस्या झेल्नुपरेको भन्दै उनले उद्योग स्थापना, केटाकेटी पढाउन र औषधि उपचार गर्न धितो राख्न र बेच्न नपाउने कानुनी जटिलता अब समाप्त भएको बताइन्। ‘जग्गाको भोगचलन गरे पनि मालिक बन्ने अवस्था थिएन,’ उनले भनिन्, ‘अब कानुनी रूपमा अधिकार प्राप्त भएको छ।’

मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले विशेष प्राथमिकतामा राख्दै नापनक्सा हुन बाँकी रहेका र नापनक्सा भइसकेका गाउँब्लक जग्गाको प्रमाणपुर्जा वितरण कार्यलाई अभियानको रूपमा तीव्रता दिएको बताइन्। भूमिहीन सुकुमबासीको नाउँमा थेरै थरीका आयोग र समिति बने पनि वास्तविक समस्या समाधान गर्न नसकेको भन्दै मन्त्री श्रेष्ठले भूमिहीन सुकुमबासीहरूको संविधानप्रदत्त हकअधिकार उपभोग गर्न अब धेरै समय नलाग्ने बताइन्।