१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काडमाडौं
२o७८ माघ २४ सोमबार १८:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तह निर्वाचन: कति छन् मतदाता ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काडमाडौं
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १८:३o:oo

सरकारले स्थानीय तहको निर्वाचन मिति तोकिसकेको छ। २०७९ वैशाख ३० गतेका लागि निर्वाचन मिति तोकिएसँगै भोलिबाट निर्वाचन आयोगले मतदाता नामावली संकलन पनि स्थगित गरेको छ। आयोगले हालसम्म देशभर १ करोड ९० लाखजनाले मतदाता नामावलीमा नाम समावेश गराएको जनाएको छ। निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक तथ्यांक हो। आयोगले देशभरका कार्यालयहरूबाट मतदाता नामावलीको यथेष्ट विवरण आयोगको कार्यालयमा पठाउन निर्देशन दिएको छ। 

स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको थियो। पछिल्लो समय करिब १५ लाख मतदाता थपिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए। मतदाता नामावलीमा नाम संकलन भएका व्यक्तिले मात्रै मतदान गर्न पाउनेछन्।