१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o७:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अफलाइन राइड सेयरिङ जोखिमपूर्ण

अफलाइन राइड सेयरिङ सेवा लिएमा राइडर र सेवाग्राहीले बिमाबापतको भुक्तानी दाबी गर्न पाउँदैनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५o:oo

निकै लोकप्रिय मानिएको राइड सेयरिङ सेवामा जोखिम पनि बढ्न थालेको छ । आकर्षक र सहज आम्दानी मानिएको राइड सेयरिङमा थोरै रकमको लोभमा अनलाइनभन्दा पनि अफलाइन सेवा दिने राइडरहरू बढ्न थालेसँगै जोखिम पनि बढ्न थालेको हो । चोक–चोकमा बाइक तेस्र्याएर बसेका राइडरहरू प्रशस्त भेटिने हुँदा इन्टरनेटमा सर्च गर्ने झन्झटबाट मुक्त पाउन तथा केही सस्तो पनि पर्ने हुँदा अफलाइनबाटै सेवा लिनेको संख्या बढ्न थालेको हो ।

अफलाइन सेवा लिनुु राइडर र सेवाग्राही दुवैलाई क्षणिक फाइदा भए पनि जोखिम बढी हुने पठाओ सेवा कम्पनीकी बजार व्यवस्थापक सुरक्षा हमाल बताउँछिन् । कम्पनीसँग जोडिएर सेवा लिँदा राइडर वा सेवाग्राही कम्पनीको निगरानीमा रहिरहने हुँदा जोखिमको सम्भावना नहुने उनको भनाइ छ । तर, अहिले कम्पनीको नाम भजाएर कम्पनीमा नजोडिएका व्यक्तिहरूले अफलाइन राइड सेयरिङ सेवा दिन थालेको उनको आशंका छ । यस्तो अवस्थामा जोखिमसँगै कम्पनीले दिने सेवा–सुविधाबाट राइडर र सेवाग्राही दुवै वञ्चित हुने हमालले जानकारी दिइन् ।   

अनलाइन सेवाबाट सेवा लिँदा सामान्य दुुर्घटना भए एक लाखसम्मको उपचार खर्चको बिमा दाबी र दुुर्घटनाबाट मृत्युु भएमा पाँच लाखसम्मको बिमा दाबी पठाओ कम्पनीमार्फत गर्न सकिन्छ । त्यस्तै, अर्को राइड सेयरिङ टुटलबाट पनि सामान्य दुर्घटना भएमा मेडिकलमा उठेको बिलका आधारमा गरिने उपचार खर्च पाइन्छ भने मृत्यु भएमा नेपाल सरकारले तोकेको मापदण्डअनुसारको बिमा दाबी गर्न सकिन्छ ।

हमालका अनुसार हालसम्म पठाओले दुुर्घटना र दुुर्घटनाबाट मृत्युु भएका गरी एक वर्षमा एक सय ७५ जनालाई सो क्षतिपूर्ति भुक्तान गरेको बताइन् । तर, अफलाइन सेवा लिँदा कम्पनीसँग दाबी भुक्तानी गर्न नमिल्ने तथा सेवाग्राही र राइडरको व्यक्तिगत विवरणसमेत थाहा नहुने हुँदा हत्या, हिंसा वा अपहरण हुने खतरा बढ्ने टुटल सेवा कम्पनीका प्रबन्ध निर्देशक शिक्षित भट्टले बताए । ‘हामीसँग सेयरिङ गर्ने दुवैको विवरण हुने हुँदा कुनै पनि अप्रिय घटना भएमा तत्काल प्रहरी वा सम्बन्धित निकायलाई अनुसन्धान गर्न सहज हुन्छ, त्यसका लागि भए पनि अनलाइन सेवा प्रभावकारी हो,’ भट्टले भने ।

कम्पनीलाई दिनुपर्ने कमिसन आफैँले कमाउने लोभमा राइडरहरू अफलाइन सेवामा बढी केन्द्रित हुन थालेका हुन् । राइडरले पठाओको अनलाइन सेवामा जोडिएर राइड सेयरिङ गरेबापत कम्पनीलाई २० प्रतिशत बुझाउनुपर्छ भने टुटल, लुजुमलगायतका राइडरले १० प्रतिशत बुझाउनुपर्छ । आम्दानीको ठूलो भाग कम्पनीलाई बुझाउनुपर्ने भएकाले अफलाइन सेवा दिन बाध्य भएको एक राइडर बताउँछन् । 

माघको पहिलो हप्ता कोटेश्वरबाट पठाओ राइडर २५ वर्षीय प्रबिन राई अपरहण प्रकरणले राइडर सेवा दिने कम्पनी, राइडर र सेवाग्राहीलाई सतर्क बनाएको छ । राइडर सेवाबाट पहिलोपटक अपहरण भई लुुटपाटसमेत भएको हुुँदा उक्त घटनाले सेवाग्राही र राइडरलाई सोच्न बाध्य बनाएको हो । 

ad
ad