मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २० बिहीबार
  • Thursday, 19 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o७८ माघ २० बिहीबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुकुमबासीलाई जमिन दिन भूमि आयोग र कञ्चनपुरका चार पालिकाबीच सम्झौता

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ माघ २० बिहीबार १६:५१:oo

भूमिहीन नागरिकलाई जमिन प्रदान गर्न राष्ट्रिय भूमि आयोग र कञ्चनपुरका चार पालिकाबीच सम्झौता भएको छ । बिहीबार राष्ट्रिय भूमि आयोगले कञ्चनपुरका चार पालिकासँग सम्झौता गरेको हो ।

राष्ट्रिय भूमि आयोग कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुंगानाले चार पालिकासँग सम्झौता भएको जानकारी दिए । अध्यक्ष ढुंगानाका अनुसार बेलडाँडी गाउँपालिका, पुनर्वास, शुक्लाफाँटा र भीमदत्त नगरपालिकाबीच सम्झौता भएको छ । यसअघि आयोगले कृष्णपुर नगरपालिकासँग सम्झौता गरेको थियो । योसँगै आयोगले कञ्चनपुरका पाँच पालिकासँग सम्झौता गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुमबासीलाई जमिन उपलब्ध गराउन र अव्यवस्थित बसोवासलाई व्यवस्थापन गर्न सम्झौता भएको हो । कञ्चनपुरका पाँच पालिकासँग आयोगले सम्झौता गरेसँगै कामकाज अघि बढ्ने ढुंगानाले बताए । आयोगका केन्द्रीय सदस्य टेकबहादुर शाह, जिल्ला अध्यक्ष देवेन्द्रराज ढुंगाना, बेलडाँडी गाउँपालिका प्रमुख धनबहादुर थापा, पुनर्वास नगर प्रमुख जीवनराज थापा, शुक्लाफाँटा नगरपालिका दिलबहादुर ऐर र शुक्लाफाँटा नगर उपप्रमुख  सुशीला चन्दले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । 

यसअघि स्थानीय तहले भूमिहीन दलित, भूमिहीन सुुकुमबासी र अव्यवस्थित बसोवासको लगत संकलन गरेको थियो ।  आयोगसँग सम्झौता गरेका कञ्चनपुरका पालिकाले अब भूमिहीन दलित, सुकुमबासी एवं अव्यवस्थित रूपमा बसोवास गरिरहेकालाई जमिन दिने काम अघि बढ्ने बताएका छन् ।