१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका विराटनगर
२o७८ माघ १८ मंगलबार o८:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्डफ्लु देखिएपछि मोरङमा पाँच हजार हाँस कुखुरा नष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार o८:३४:oo

मोरङका कुखुरा फर्महरूमा बर्डफ्लुु रोग देखापरेपछि प्रशासनले पाँच हजार हाँस र कुखुरा नष्ट गरेको छ । १३ माघमा अचानक मोरङ ग्रामथान गाउँपलिकाको काव्य कृषि फार्ममा बर्डफ्लु देखापरेपछि हालसम्म विभिन्न तीनवटा पालिकाक फर्महरूमा पाँच हजारभन्दा बढी कुखुरा हाँसलगायतका पक्षीहरू नष्ट गरेको भेटेनरी अस्पताल मोरङका चिकित्सक सुशील अधिकारीले बताए ।

 चिकित्सक अधिकारीका अनुसार हालसम्म मोरङको ग्रामथान, बुढीगंगा र कटहरी गाउँपालिकामा रहेका कुखुरा फार्महरूमा बर्डफ्लु  देखापरेको र सूचना प्राप्त भएका सबै स्थानमा स्क्रिनिङ गरेर कुखुरा नष्ट गर्ने काम सम्पन्न भइसकको छ । चिकित्सक अधिकारीले भने, ‘सूचना प्राप्त भएजति स्थानमा हामीले स्क्रिनिङ गरिसक्यौँ बाँकी सूचना आयो भने थप गर्नेछौँ अवस्था खतरामुक्त छ ।’  

प्रदेश १ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालका अनुसार मोरङमा बर्डफ्लु देखापरे पनि अन्य जिल्ला भने खतरामुक्त छन् । कोरोना संक्रमण र बर्डफ्लु अलगअलग भाइसरबाट संक्रमण हुने रोग भएकाले हल्लामा विश्वास नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् ।