मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १६ आइतबार २१:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणकाजी श्रेष्ठ भन्छन्– यथास्थितिमा एमसिसी पारित हुँदैन, गठबन्धन तोड्ने कुरा भएको छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १६ आइतबार २१:१६:००

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा एमसिसी पारित नहुने बताएका छन् । एमसिसी सम्झौता संसदबाट पारित नभए सत्तारुढ गठबन्धन तोडिन्छ भन्ने अभिव्यक्ति प्रधानमन्त्री शेरबहादुर देउवाले नदिएको पनि श्रेष्ठले दाबी गरेका छन । 

सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले एमसिसी पारित गर्ने सहमति भएको भन्ने कुरा सत्य नभएको पनि बताएका छन् । गठबन्धनको एकता कायम राख्न चाहेको साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्न र त्यसका निम्ति दृढ रूपमा प्रतिबद्ध रहेको श्रेष्ठले बताएका छन् । 

श्रेष्ठले लेखेका छन्, कुनै भ्रममा नपरौँ, प्रम देउवाले एमसिसीसँगको सम्झौता पारित नगरे सत्तारुढ गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन । आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन । कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन ।
हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहन्छ साथै राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितलाई सर्वोपरि राख्छ र त्यसका निम्ति दृढ रूपमा प्रतिबद्ध छ । हाम्रा लागि अन्य सबै विषय त्यसमातहत रहनेछन् ।