१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १६ आइतबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

अध्यागमनका कर्मचारीलाई मोबाइल प्रयोगमा प्रतिबन्ध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार o५:५६:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित अध्यागमन कार्यालयका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । भिजिट भिसामार्फत हुने मानव तस्करीमा कर्मचारीको मिलेमतोको आशंकापछि मोबाइल प्रयोगमा रोक लगाइएको हो । 

पुष्पराज शाही, विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख

ड्युटीमा रहेको अवस्थामा कर्मचारीको व्यक्तिगत मोबाइल लकरमा राख्न थालिएको छ । कसैले अत्यावश्यक परेमा वरिष्ठ अध्यागमन अधिकृतको स्वीकृतिमा मात्र प्रयोग गर्न पाउँछन् । नत्र ल्यान्डलाइन र सरकारी मोबाइल मात्र प्रयोग हुन्छ ।

कर्मचारीको मिलेमतोमा भिजिट भिसामा ठूलो संख्यामा नेपालीहरू खाडी देश र मलेसिया पुगेको खुलेपछि कर्मचारीमाथि निगरानी बढाइएको छ । अराइभल र डिपार्चर डेस्कमा बस्ने कर्मचारीले अब अफिसियल मोबाइल मात्र बोक्न पाउने विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख पुष्पराज शाहीले बताए । 

विभिन्न मोबाइल एप्लिकेसनमा भिजिट भिसामा विदेश जानेको विवरण पठाएर सेटिङ हुँदै आएको प्रारम्भिक छानबिनमा खुलेपछि व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाइएको हो । ‘ड्युटीमा रहेको अवस्थामा कर्मचारीको व्यक्तिगत मोबाइल लकरमा राख्न थालिएको छ,’ अध्यागमन प्रमुख शाहीले भने, ‘कसैले अत्यावश्यक परेमा वरिष्ठ अध्यागमन अधिकृतको स्वीकृतिमा मात्र प्रयोग गर्न पाउँछन् । नत्र ल्यान्डलाइन र सरकारी मोबाइल मात्र प्रयोग हुन्छ ।’ सरकारी कामका लागि अध्यागमनले नै कर्मचारीलाई छुट्टै मोबाइल र सिमकार्ड उपलब्ध गराएको छ । 

केही दिनअघि अध्यागमन विभागले गरेको छड्केमा केही कर्मचारीको मोबाइलसमेत बरामद गरेको थियो । जसमा शंकास्पद सम्पर्क देखेपछि उनीहरूको सरुवासमेत गरिएको स्रोत बताउँछ । 

सन् २०२१ मा करिब एक लाख नेपाली भिजिट भिसामा खाडी र मलेसिया गएका छन् । त्यसमध्ये कतिपय घुम्न र कामकै लागि गएका भए पनि धेरैजसो कामको खोजीमा गएको प्रारम्भिक छानबिनमा खुलेको छ । त्यसरी गएका हजारौँ नेपाली अलपत्र परेपछि गत सातादेखि खाडी र मलेसिया जान कडाइ गरिएको छ । 

वार्षिक न्यूनतम ६ लाख आय भएकालाई मात्र घुम्ने हकमा ती देश जान दिने निर्णय भएको छ । थप प्रस्ट मापदण्ड बनाउन गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा एक समिति गठन गरिएको छ । तर, मानव तस्करीमा संलग्न गिरोह र कर्मचारीमाथि भने अनुसन्धान हुन सकेको छैन ।
 

ad
ad
ad
ad