१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १४ शुक्रबार १६:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइसम्बन्धी पुस्तिका प्रकाशित गर्न समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १४ शुक्रबार १६:०४:००

संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइसम्बन्धी पुस्तिका प्रकाशित गर्ने भएको छ। समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले हालसम्म भएका संसदीय सुनुवाइसम्बन्धी व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न मातहतको सचिवालयलाई निर्देशन दिएको छ।

समितिको काम प्रभावकारी बनाउने गरी त्यससम्बन्धी विगतका कामहरूको विवरणसहितको पुस्तिका तयार गर्न सचिवालयलाई निर्देशन दिइएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। ‘नेपालको संसदमा संसदीय सुनुवाइको अवधारणा प्रारम्भ भएदेखि हालसम्मको संसदीय सुनुवाइसम्बन्धी भएका व्यवस्था, निर्णय प्रक्रिया तथा विभिन्न पदमा प्रस्तावित व्यक्तिहरूको सुनुवाइसम्बन्धी विवरण पुस्तिका तयार पार्न र समितिमा पेस गर्न सचिवलाई निर्देशन दिने निर्णय गरिएको छ,’ उनले भने।

बैठकमा सभापति कर्णले संसदीय सुनुवाइ समितिको कामलाई प्रभावकारी बनाउन संघीय संसद् ऐन नै परिमार्जन गरेर अघि बढनुपर्ने बताए। संसदीय सुनुवाइ समितिको कामबारे विभिन्न ठाउँमा प्रश्न उठ्ने गरेकाले पनि यसको प्रभावकारिताका लागि आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।