१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७८ माघ १३ बिहीबार १२:२८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश प्रहरीको अर्धवार्षिक प्रतिवेदन : ३४८ प्रहरी पुरस्कृत हुँदा  १५८ जना कारबाहीमा

Read Time : > 1 मिनेट
२०७८ माघ १३ बिहीबार १२:२८:००

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादनको आधारमा तीन सय  ४८ जना प्रहरीलाई पुरस्कार र एक सय ५८ जनालाई सजाय गरेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै विभिन्न निकायहरूको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसिटिभी जडान तथा ४० थान मर्मत गरी कुल दुई सय ४५ थान जडान गरिएको छ। अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले जानकारी दिए। उनले भने, ‘६ महिनामा अवैध घरेलु मदिरा २२ हजार एक सय ९८ लिटर बरामद गरी नष्ट गरेका छौँ। अवैध जुवातास खेल्ने ११ स्थानबाट ८४ जनालाई पक्राउ गरी कारबाही गरिएको छ।’ 

एक सय ४१ फरार अभियुक्त प्रक्राउ
विभिन्न मुद्दाका फरार एक सय ४१ अभियुक्तहरूलाई पक्राउ गरी कुल ७३ वर्ष नाै महिना २८ दिन कैद सजाय भुक्तान र १६ लाख १० हजार आठ सय ९० रुपैयाँ जरिवाना संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

लागुऔषध दुर्व्यसनी तथा अवैध बेचबिखन गर्ने गत वर्षको ६ महिनामा ३५ जना रहेकोमा यस वर्ष ९० जनालाई पक्राउ गरी कारबाही गरिएको छ। उनीहरूको साथबाट ५९ ग्राम तीन सय ३३ मिलिग्राम ब्राउनसुगर र एक किलो दुई सय १३ ग्राम चरेस बरामद गरिएको छ।

ट्राफिक दुर्घटनाको दरमा न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम सात सय ६७ पटक सञ्चालन गरी कुल ६६ लाख नाै हजार सात सय ९० जना लाभान्वित भएका छन्। सवारी दुर्घटना दुई सय तीनवटा भएको छ, जसमा परी एक सय १८ जनाको मृत्यु हुँदा पाँच सय १५ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघनविरुद्धको कारबाही संख्या २० हजार पाँच सय एक रहेको छ। यसबाट एक करोड ७१ लाख ९७ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ।

चालू आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा एक लाख ३४ हजार पाँच सय ६४ रुपैयाँबराबरको अवैध लत्ताकपडा, सुर्तीजन्य र खाद्यान्न सामान र भन्सार छली गर्ने ११ जनालाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा बुझाएको प्रदेश प्रहरीले जनाएको छ। गत आ.व. को यस अवधिमा अवैध भन्सार छलीका सामान बरामद भएको थिएन।