१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २३ आइतबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेलबारीस्थित प्रदेश प्रहरी अस्पतालमा ल्याब सेवा सुरु

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:११:oo

कोसी प्रदेश प्रहरीले मोरङको बेलबारीमा स्थापना गरेको अस्पतालमा ल्याब सेवा सुरु गरेको छ। बेलबारी  नगरपालिका– ३ मा प्रदेश प्रहरीले सञ्चालनमा ल्याएको  अस्पतालमा आइतबारदेखि ल्याव सेवा सुरु भएको हो ।

आइतबार बिहान कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले अस्पतालमा ल्याब सेवाको आरम्भ गराए। उनले आफ्नै शरीरको रगत परीक्षण गराएर ल्याबको सेवा सुरु गराएका हुन्।

प्रदेश प्रहरी अस्पतालको ल्याबबाट रगत, पिसाब, मधुमेह, ब्लडप्रेसरलगायतका विभिन्न परीक्षण हुनेछन्। पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटना र अन्य बिरामीका लागि कोसी प्रदेश प्रहरीले बेलबारीमा अस्पताल सञ्चालनमा ल्याएको हो।
 

ad
ad