१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १५:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रदेशको आफ्नै प्रहरी नहुँदा केन्द्रलाई गुहार्न बाध्य : मुख्यमन्त्री पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:३७:oo

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रहरी समायोजनको काममा ढिलासुस्ती भएकोमा आपत्ति जनाएका छन्। ६७औँ प्रहरी दिवसको अवसरमा सोमबार प्रदेशको राजधानी हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशको शान्ति सुरक्षामा कुनै समस्या आए केन्द्रलाई गुहार्नुपर्ने बाध्यता रहेको बताए।

मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको मातहतमा प्रहरी समायोजना गर्न केन्द्र सरकार डराएको देख्दा आफूलाई अचम्म लागेको बताए। ‘संघीयता कार्यान्वयन भएको पाँच वर्ष भयो। अझै पनि प्रहरी समायोजन भएको छैन। हामी सरकार त चलाइरहेका छौँ, तर हामीसँग आफ्नै सुरक्षाका लागि आफ्नो प्रहरी छैन। केही परे केन्द्र सरकारलाई गुहार्नुपर्ने बाध्यता छ,’ उनले भने

यथाशीघ्र प्रहरी समायोजन होस् भन्ने प्रदेश सरकारको चाहना रहेको उनको भनाइ थियो। उनले डिआइजीको नेतृत्वमा प्रदेश प्रहरी रहने व्यवस्था गरी केन्द्र सरकारले संघीयताको अनुभूति दिनुपर्नेमा जोड दिए। केन्द्र सरकारले प्रहरी समायोजन गर्न ढिलो गरे पनि प्रदेश सरकारले आफ्नो दायित्व पूरा गरिरहेको उनको दाबी छ।

उक्त अवसरमा नेपाल प्रहरी कार्य दक्षता मूल्यांकन ०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापा तथा बागमती प्रदेशअन्तर्गत सर्वोत्कृष्ट प्रदेश प्रहरी हुन सफल प्रहरी नायव उपरीक्षक मधुकुमार थापालाई प्रमुख मुख्यमन्त्री पाण्डेले प्रशंसापत्र प्रदान गरेका थिए।

ad
ad