मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तरकारी र फलफूलमा रहेको विषादी परीक्षण गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका प्राविधिक ।
२०७८ माघ ११ मंगलबार १९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतबाट आयातित सुन्तलामा अत्यधिक विषादी

Read Time : < 1 मिनेट
२०७८ माघ ११ मंगलबार १९:०७:००

भारतबाट आयातित सुन्तलामा अत्यधिक मात्रामा विषादी भएको तथ्य फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले भारतबाट आयात हुने सुन्तलामा अत्यधिक मात्रामा विषादी फेला परेको जनाएको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कात्तिकदेखि तरकारी र फलफूलमा रहेको विषादी मापन गर्न थालेको सूचना अधिकारी अमितभूषण सुमनले बताए । उनले फलफूलका पाँच सय ४४ वटा नमुना परीक्षण गर्दा दुईवटा नमुनामा खान नमिल्ने गरी विषादी प्रयोग भएको फेला परेको बताए । 

तरकारीको नमुना परीक्षण गर्दा खान अयोग्य फेला नपरेको उनले बताए । ‘विषादीको मात्रा तरकारीमा कम देखिए पनि सुन्तलाको दुईवटा नमुना खान अयोग्य फेला पर्यो,’ उनले भने । 

खाद्य प्रविधिले कात्तिकदेखि तरकारी र फलफूलको विषादी परीक्षण गर्न थालेको छ । तीन महिनामा तरकारी र फलफूलका चार हजार ८३ वटा नमुना परीक्षण गरिएको उनले बताए । यसअघि रानीतलाउ सब्जीमन्डीस्थित विषादी अन्वेषण द्रुत विश्लेषण इकाइले भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्दै आएको थियो ।