१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ११ मंगलबार
  • Sunday, 06 July, 2025
२o७८ माघ ११ मंगलबार १७:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साढे सात किलो गाँजासहित युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ११ मंगलबार १७:५४:oo

जिल्ला प्रहरी कार्यालय काभ्रेले साढे सात किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। माघ ८ गते बनेपा नगरपालिका–१२ बाँसडोलका २५ वर्षीय सञ्जय तामाङ पक्राउ परेका कार्यालयका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए।

तामाङको घरमा खानतलासी गर्दा कोठाभित्र खाटमुनि लुकाई राखेको अवस्थामा सात किलो ७९५ ग्राम गाँजा बरामद भएको हो। इलाका प्रहरी कार्यालय बनेपाको विशेष टोलीले केही दिनदेखिको निरन्तर अनुसन्धानपश्चात् तामाङलाई पक्राउ गरेको खतिवडाको भनाइ छ।

तामाङलाई लागुऔषध मुद्दामा जिल्ला अदालत काभ्रेबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।