१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ६ बिहीबार ०८:१८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सबै समूूहको सूूचक घट्दा सेयर बजार ३८ अंकले ओर्लियो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ६ बिहीबार ०८:१८:००

सेयर बजारमा दोस्रो दिन पनि गिरावट आएको छ । सबै समूहको सूूचक घट्दा नेप्से सूूचक ३८ दशमलव ३५ अंकले घटेर दुुई हजार आठ सय ९८ दशमलव ३१ बिन्दुुमा पुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स ७ दशमलव ८१ बिन्दुुमा पुुगेको छ ।

कारोबारमा आएका १३ वटै समूूहको सूूचकमा गिरावट आएको छ । सर्वाधिक घट्नेमा फाइनान्स समूूह र होटेल समूूह रहेका छन् । बुधबार एक सय ६५ स्क्रिप्टको सेयर मूूल्य घटेको छ भने २० स्क्रिप्टको सेयर मूूल्य बढेको छ । सेयर मूूल्य ओरालो लागेसँगै लगानीकर्ताहरू नाफा बुुक गर्नतर्फ लागेका छन् । जसका कारण बजारमा चाप पर्न गएको हो । बजार लगातार बढेकाले पनि करेक्सन हुुँदै अघि बढ्नेमा लगानीकर्ताहरू आशावादी बनेका छन् । अर्कोतर्फ, दैनिक कोरोना भाइरसको संक्रमणदर बढेको छ त्यसले पनि बजार प्रभावित बन्न पुुगेको अनुुमान गरिएको छ । लगानीकर्ता तुलसीराम ढकाल भन्छन्, ‘अहिले करेक्सन हुुँदैमा आत्तिइहाल्नुुपर्ने अवस्था छैन । बजारमा करेक्सन आएको हो, अहिले लगानीकर्ता नाफा बुुक गर्ने होडमा लाग्दा बजार घटेको छ ।’

कारोबार रकम भने अघिल्लो दिनको भन्दा घटेको  छ । अघिल्लो दिन आठ अर्बभन्दा बढीको कारोबार भएकोमा बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय २८ स्क्रिप्टको एक करोड १८ लाख कित्ता सेयर खरिद–बिक्री हुुँदा ६ अर्बभन्दा माथिको मात्र कारोबार भएको छ । अपी पावर कम्पनी, अरुणभ्याली हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट बैंक अपर तामाकोसी हाइड्रोपावर, सूर्य लाइफ इन्स्योरेन्सको सेयर २० करोड रुपैयाँदेखि १४ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

घलेम्दी हाइड्रोपावर, कालिका लघुुुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई स्किम, मध्यभोटेकोसी जलविद्युुत् कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूूल्य चार प्रतिशतभन्दा बढीले घटेको छ । सर्वाधिक गुुमाउने कम्पनीमा जीवन बिमा र निर्जीवन समूूहअन्तर्गतका अधिकांश कम्पनी रहेका छन् । 

वुद्धभूूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । सामलिङ पावर कम्पनीको ९ दशमलव ९७ प्रतिशतले बढेको छ । सांग्रिला डेभलपमेन्ट बैंक, सेन्चुुरी कमर्सियल बैंक, छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूूल्य चार प्रतिशतदेखि २ प्रतिशतसम्मले बढेको छ ।