१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ माघ ५ बुधबार १७:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जन्तीलाई भ्यानले ठक्कर दिँदा एकको मुत्यु, १७ जना घाइते 

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७८ माघ ५ बुधबार १७:४८:००

पूर्वी नवलपरासीमा जन्तीलाई भ्यानले ठक्कर दिँदा एकजनाको निधन भएको छ भने १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पूर्वी नवलपरासीको हुप्सेकोट ४ शंखदेवबाट हसौरा आउँदै गरेको ना ५ च २६९५ नम्बरको भ्यानले शंखदेवमा विवाहमा जन्ती आएका टोलीलाई ठक्कर दिएको हो। 

विवाहघरनजिकै बाटोमा बसिरहेका टोलीलाई भ्यानले अनियन्त्रित भई ठक्कर दिएको थियो। दुर्घटनामा परी ५० वर्षीया महिलाको निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेहरूको मध्यबिन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ। 

दुर्घटनामा परी गम्भीर घाइते हुप्सेकाेट ४ बस्ने ५० वर्षीया छुमाया मश्राङ्गी मगरको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमा निधन भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। 
अन्य घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ। घाइतेहरू अधिकांश हुप्सेकोट ४ का रहेका छन्।