१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Sunday, 06 July, 2025
रमेश रावल सुर्खेत
२o७८ माघ ५ बुधबार १५:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कालिकोट जिल्ला प्रशासनका सबै सेवा एक हप्ताका लागि बन्द

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १५:४४:oo

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी, सहायक जिल्ला अधिकारीलगायतका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि सबै सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयका प्रमुखसहित अन्य कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि एक हप्ताका लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठलगायतका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट सेवा प्रवाह हुने सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ । 

जिल्लाका धेरै कार्यक्रममा सहभागी हुँदा आफूलाई स्वास्थ्यमा असहज भई टन्सिल भएपछि कोरोना परीक्षण गराउँदा कोरोना पुष्टि भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । कार्यालयका अन्य कर्मचारीहरूमा पनि कोरोना संक्रमण पुष्टि भएकाले कार्यालयबाट प्रवाह हुने सेवा एक हप्ताका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत गौराकुमारी घर्तीमगरका अनुसार तेस्रो लहरको कोरोनाबाट कालिकोटमा ७१ जना संक्रमित भएका छन् ।