मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Friday, 14 August, 2026
एजेन्सी मुम्बई
२o७८ माघ ४ मंगलबार १८:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा ओमिक्रोनविरुद्ध खोपको तेस्रो परीक्षण हुँदै

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
नयाँ पत्रिका मुम्बई
२o७८ माघ ४ मंगलबार १८:५८:oo

भारतले कोभिड १९ विरुद्धको एमआरएनए नामक नयाँ खोपको तेस्रो परीक्षण सम्पन्न गर्ने अन्तिम तयारी गरिरहेको छ। जेनोभा बायोफर्मास्युटिकल्सले ओमिक्रोन विशेषका खोप ल्याउन लागेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

पुनामा रहेको फर्मले एमआरएनए खोपको दुईचरणको परीक्षण पूरा गरेर विवरण बुझाइसकेको छ । तेस्रो चरणको खोप परीक्षण पूरा हुन लागेको छ । भारतीय अधिकारीहरूले यो साता कम्पनीका तर्फबाट बुझाइएको विवरण अध्ययन गरेर आवश्यक निर्णय लिने पनि टाइम्स अफ इन्डियाले जनाएको छ। कम्पनीले सरकारी स्वीकृति पाएसँगै पर्याप्त खोप उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । रोग प्रतिरोधी क्षमता बढाउने प्रयोजनका लागि खोपको विकास गरिएको कम्पनीको भनाइ छ । 

भारतको राष्ट्रिय कोभिड १९ टास्क फोर्सका प्रमुख डा. भिके पौलले मुलुकका लागि एमआरएनए प्लेटफर्म उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । कोभिड खोपकरणको प्राविधिक एड्भाइजरी ग्रुपका अध्यक्ष डा. एनके आरोराले औषधी नियामक निकायले अध्ययनपछि खोपलाई स्वीकृतिका सम्बन्धमा चाँडै निर्णय गर्ने जानकारी दिए । 

भारत बायोटेकले पनि  हालसालै भनेको छ कि कोभ्याक्सिनले ओमिक्रोन भेरियन्टलाई कमजोर बनाउन सक्छ । तर, नियामक निकायले यसबारे अध्ययन गर्न बाँकी छ । विश्वमा मोडर्ना, जोन्सन एन्ड जोन्सन, सिनोफार्म, नोभाभ्याक्स, अस्ट्राजेनेकालगायत पनि ओमिक्रोन भेरियन्टविरुद्धको प्रभावकारिता हुने नहुनेबारे अध्ययन भइसकेको छैन । सरकारी निकायले स्वीकृति दिएमा मार्चमा एमआरएनए खोप तयार हुने बुझिएको छ ।