१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिसिएमसीले स्थानीय सरकारसँग समन्वय गरेन : मेयर शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:oo:oo

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोभिड नियन्त्रणमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्थानीय सरकारलाई साथ नदिएको बताएका छन्। काठमाडौं महानगर– २३ मा आयोजित कार्यक्रममा बोल्दै शाक्यले सिसिएमसीले समन्वय नगर्दा कोरोना नियन्त्रणमा समस्या भएको बताए। स्थानीय सरकारले नै जनस्तरमा पुगेर काम गर्ने भएकाले स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न पनि उनले आग्रह गरेका छन्।

‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका वेला सिसिएमसीले कोभिड– १९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका शाक्यले भने, ‘अहिले काठमाडौं कोरोनाको हटस्पट बनेको छ। तर, सिसिएमसीले हामीसँग समन्वय गरेको छैन।’

उनले यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको बताए । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने तह स्थानीय सरकार रहेकाले समन्वय आवश्यक रहेको मेयर शाक्यको भनाइ छ।

उनले काठमाडौं महानगरपालिकाले अघिल्लोपटक निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गरेको र यसपटक पनि आवश्यक परे तयारी अवस्थामा रहेको बताए । कोरोनाविरुद्ध लड्ने कार्यमा आर्थिक–भौतिक सहयोग गर्न महानगरपालिका तयार रहेको जानकारी गराउँदै उनले महानगरको स्वास्थ्य विभागलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन्।

ad
ad