१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ३० शुक्रबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष ३० शुक्रबार २१:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिपुलेक सडक विस्तारमा माओवादीले मोदीलाई भन्यो- पञ्चशीलको सिद्धान्त अवलम्बन गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष ३० शुक्रबार २१:२२:oo

नेकपा माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न आग्रह गरेको छ। माओवादी केन्द्रका नेता एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेर पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न आग्रह गरेका हुन् । 

उनले भारतलाई  नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डताको सम्मान गर्नसमेत आग्रह गरे। नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण नगर्न  माग गर्दै माओवादीले त्यसबारेमा नेपाल सरकारको पनि ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको विरोध जनाउन र  यो कार्य बन्द गराउन यथाशीघ्र कूटनीतिक पहल गर्न पनि सरकारसँग आग्रह गरेको छ।