१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २८ बुधबार ०७:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शतप्रतिशत  पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २८ बुधबार ०७:२८:००

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष ०७८/७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न निर्देशन दिएका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा आर्थिक वर्ष ०७८/७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन् । ‘आवश्यक परे म मध्यरातमा पनि आफू सहयोग गर्न तयार छु, आर्थिक वर्षको बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ ।’

ठूला योजनाहरूमा स्थानीय तह र जनतालाई समेत सहभागी गराएर अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । ठूला योजनाहरूमा अपनत्वका लागि उनीहरूलाई सहभागी गराएर मात्र छिटो काम गर्न सकिने उनको भनाइ छ । ‘फाइल बोकेर विभाग, मन्त्रालय धाउँदा दुई–चार दिन जान्छ । यहाँ पनि समय गइरहेको छ,’ उनले भने, ‘यसलाई डिजिटल माध्यममा लैजानुपर्‍यो । डिजिटलमै अनुरोध गर्ने र स्वीकृति गर्ने हुनुपर्‍यो । टिप्पणी उठाएर राख्ने काम आफ्नो ठाउँमा गर्नुपर्छ ।’

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । यसैबीच सोमबारसम्मको तथ्यांकअनुसार पुँजीगत खर्च ९.३९, चालू खर्च ३८.९ र वित्तीय खर्च २५.४१ प्रतिशत खर्च भइसकेको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भइसकेको छ ।