![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/samajwadi-prabes2022-01-09-05-51-20.jpeg)
नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य तथा तुल्सीपुर उपमहानगरपालिकाकी कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् । आइतबार तुल्सीपुरमा एकीकृत समाजवादीनिकट युवा संघको कार्यक्रममा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका सदस्य डिला परियार, एमालेका पूर्वजिल्ला कमिटी सदस्य प्रेमबहादुर बस्नेत, वसन्ता गोरा थोकीलगायत एमालेबाट नेता तथा कार्यकर्ताहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । रेग्मी केही दिनअघि भएको एमालेको जिल्ला कमिटी सदस्य चयन भएकी थिइन् ।
त्यस्तै दुर्गा वली , शान्ता वली, लक्ष्मी वली, विष्णु वली, ओमबहादुर कडेल, मोहन बस्नेत, वसन्ता रैदासलगायतले एकीकृत समाजवादी प्रवेश गरेका हुन् । नव प्रवेशीहरूलाई पार्टीका केन्द्रीय सचिव भागवत विस्वासीले स्वागत गरेका थिए ।
यसअघि कार्यपालिका सदस्य दीपक कुमाल, चित्रा मल्ल तथा तुल्सीपुर उपमहानगरपालिका– १६ का अध्यक्षले एकीकृत समाजवादी रोजेका थिए ।