१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
तिवारी यादव वीरगन्ज
२०७८ पौष २३ शुक्रबार १५:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमानाकामा संक्रमित बढ्दै, वीरगन्ज नाकामा भेटिए ३४ संक्रमित

Read Time : < 1 मिनेट
२०७८ पौष २३ शुक्रबार १५:१७:००

भारतबाट नेपाल भित्रिनेहरूको वीरगन्ज नाकामा भएको एन्टिजेन परीक्षणमा एकैदिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत पुस ८ यता वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या बढ्दै गएपछि सीमानाकामा दैनिक संक्रमितको संख्या बढेको नाकाको हेल्थ डेस्कमा खटिएकी डा. अनिशा महतोले जानकारी दिइन्। वीरगन्ज नाकामा भएको एन्टिजेन परीक्षणमा पछिल्लो चार दिनमा संक्रमितहरूको संख्या लगातार बढ्दै गएको उनले बताइन्।

भारततर्फबाट लामो दूरीबाट आएका तथा भारतमा वास बसेकाको अनिवार्य एन्टिजेन परीक्षण गर्ने गरिएको छ। बिहान ७ बजेबाटै शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिने गरिएको डा. महतोले बताइन्।

सीमावर्ती बजार रक्सौलमा किनमेल गर्न जाने नेपालीको पनि न्यून मात्रामा एन्टिजेन परीक्षण गर्न थालिएको छ। सरकारले नाकाहरूदेखि विमानस्थलमा सतर्कता अपनाउन दिएको निर्देशनबमोजिम जिल्लामा संक्रमण रोक्नका लागि विभिन्न चरणको जिम्मेवारी दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

भारतमा ओमिक्रोन संक्रमण बढेसँगै नेपालमा पनि जोखिम बढेकाले सीमानाकामा आवागमन गर्नेहरूको परीक्षणमा कडाइ गरिएको पौडेलले बताए। उनका अनुसार अहिले नाकामा दैनिक दुई सयभन्दा बढीको एन्टिजेन परीक्षण हुँदै आएको छ।