मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Thursday, 19 December, 2024
२o७८ पौष २३ शुक्रबार o८:२१:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विकल्प खोज्ने वेला आयो : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार o८:२१:oo

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको रक्षा गर्न कांग्रेस र कम्युनिस्टको विकल्प खोज्ने वेला आइसकेको बताएका छन् । राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सभामा लिङ्देनले लोकतन्त्र र गणतन्त्रका नाममा देशमा लुटतन्त्र चलिरहेको बताए ।

‘३१ वर्षदेखि कांग्रेस–कम्युनिस्टको हातमा रहेको देश झन्झन् कमजोर, झन्झन् गरिब बन्दै छ । एउटा न्यायाधीशले अर्को न्यायाधीशलाई भ्रष्टाचारी भनिरहेका छन् । संसद्को गरिमा छैन, सरकार असफल छ,’ उनले भने, ‘हेर्दा सामान्यजस्तो लागे पनि देश असामान्य अवस्थामा छ । लोकतन्त्रका नाममा ठूला पार्टीले लुट मच्चाइरहेका छन् ।’ ललिता निवास, वाइडबडीजस्ता ठुल्ठूला भ्रष्टाचारका काण्डमा देशका सबै ठूला पार्टी संलग्न रहेको उनले आरोप लगाए ।