मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Thursday, 18 September, 2025
२o७८ पौष १८ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोलबजारमा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार १४:३३:oo

सिराहाको गोलबजार नगरपालिका– ६ मुख्य बजारस्थित किराना पसलमा शनिबार मध्यरातमा आगलागी हुँदा लाखौँ मूल्यो सामग्री जलेर नष्ट भएको छ। पूजा जनरल स्टोरमा आगलागी हुँदा दाल, चिनी, चामल, मैदा, खानेतेल, दालमोठ, चिउरा, रिचार्ज कार्डलगायत पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको सञ्चालक विनोद साहले बताए। उनका अनुसार आगलागीबाट १८ लाखभन्दा बढीको क्षति भएको छ। 

‘साँझ पसलको बत्ती निभाएपछि बन्द गरेर गएको थिएँ,’ उनले भने, ‘कसरी आगलागी भयो, पसलछेउमा रहेको अस्पतालबाट बिरामीका कुरुवाहरूले हल्ला गरेपछि मात्र थाहा पाएँ।’ पसलको विपरीत दिशामा रहेको भूमिजा अस्पतालमा उपचारका लागि रहेका बिरामीका कुरुवाले पसलबाट आगोको मुस्लोसहित धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ।

प्रहरी, स्थानीय बासिन्दा र गोलबजार नगरपालिकाको बारुणयन्त्रले करिब एक घन्टापछि आगो निभाएका थिए। आगलागीको कारण नखुलेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले प्रहरीले घटनास्थल पुगेर क्षतिको विवरण संकलन गरिरहेको र आगलागीको कारणबारे अनुसन्धान थालेको बताए।