मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १७ शनिबार १३:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अनलाइन मिडियालाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने तयारी भइरहेको छ : मन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १७ शनिबार १३:५०:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलान सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्। अनलाइन पत्रकार संघ नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

अनलाइन सञ्चारमाध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरूलाई पनि उनले आग्रह गरे। त्यसका लागि सरकारले पनि पत्रकारहरूसँगै बसेर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।

‘अनलाइन सञ्चारमाध्यमलाई अन्य सञ्चारमाध्यमसरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिबद्धता व्यक्त गरिसकेको छ। यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिराखेको छ,' मन्त्री कार्कीले भने, 'अनलाइन पत्रकारिताले व्यवसायिक, निष्पक्ष र मर्यादित पत्रकारितालाई अगाडि बढाइरहेको छ। अबका दिनमा पनि यस्तै कार्य अझ परिष्कृत रूपमा अघि बढ्न सकून् भन्ने अपेक्षा गर्दछु। विश्वसनीयता कायम गर्न, जवाफदेहिता कायम गर्न र यसलाई मर्यादित बनाउनका निमित्त तपाईँहरूबाट विशेष पहल हुनेछ भन्ने मैले अपेक्षा लिएको छु, र यसका निमित्त सरकारले र सञ्चार मन्त्रालयले तपाईंहरूको साथमा रहेर काम गर्नेछ।’