१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १६ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष १६ शुक्रबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

देशको ध्यान माओवादी महाधिवेशनमा केन्द्रित छ : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष १६ शुक्रबार १७:४२:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी महाधिवशनप्रति देशको ध्यान केन्द्रित भएको बताएका छन्। शुक्रबार आफ्नो राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उठेका प्रश्नहरूका जवाफ दिँदै प्रचण्डले प्रतिवेदनपछि बन्दसत्रको हलदेखि  बाहिर तरंग, उत्साह र जिज्ञासा व्यक्त भएको तथा महाधिवेशनप्रति देशको ध्यान केन्द्रित रहेकाले सबैको चासोलाई उपयुक्त रूपमा सम्बोधन गर्ने बताए । 

 ‘प्रचण्ड’ले पार्टीका नेता तथा कार्यकर्ताले दिएको सुझाबका आधारमा राजनीतिक प्रतिवेदनलाई समृद्ध बनाउने विश्वास दिलाएका छन्। उनले पार्टीलाई जनपक्षीय बनाउन र देश तथा जनताको हितमा केन्द्रित गर्न आफैँबाट सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्दै माओवादी मात्रै भरोसायोग्य शक्ति हो भन्ने स्थापित गराएरै छाडिने दृढता व्यक्त गरे।  

अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि विभिन्न २५ समूह बनाएर मंगलबार र बुधबार मध्याह्नसम्म छलफल भएको थियो। छलफलका क्रममा उठेका विषयमाथि बुधबार र बिहीबार समूहका नेताले बन्दसत्र हलमा जानकारी गराएका थिए। त्यसक्रममा उठेका समग्र प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले आज दिएका हुन्। उनले  माओवादीको महाधिवेशनका कारण देशको राष्ट्रिय राजनीतिमा समेत नयाँ ऊर्जा प्राप्त भएको बताए। 

सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राखेको भन्दै उनले पार्टी रूपान्तरणमा केन्द्रित बनेको र सोही आधारमा कम्युनिस्ट आन्दोलनको इतिहासमा समेत दर्ज भएको बताए। दक्षिण, वाम या मध्यमार्गी कोणबाट नै किन नआएको होस्, यो महाधिवेशनमा विचारको विकास गर्ने सन्दर्भमा वा आत्मसमीक्षाको रूपमा पनि जनतासँग जोडिने सवालमा महत्वपूर्ण रहेको अध्यक्ष प्रचण्डको भनाइ छ। नयाँ बहसको सृष्टि गर्ने महाधिवेशनका रूपमा पनि दर्ज भएको उनले  स्पष्ट पारे। 
 
 

ad
ad
ad
ad