वसन्तपुर दरबार क्षेत्रमा अवस्थित हनुमानढोकाभित्र राखिएको मल्लकालीन शिलालेख अज्ञात समूहले तोडफोड गरेको छ। हनुमानढोकास्थित कृष्ण मन्दिरबाहिर राखिएको मल्लकालीन शिलालेख बिहीबार तोडफोड भएको हो।
हनुमानढोका दरबार हेरचाह कार्यालयका प्रमुख सन्दीप खनालका अनुसार शिलालेख तोडफोड गर्नेविरुद्ध प्रहरीमा जानकारी गराइएको छ। उक्त अभिलेख राजा प्रताप मल्लको समयको हो। शिलालेखको एक भाग टुक्राटुक्रा भएको छ। ती टुक्राहरू जम्मा गरेर राखिएको छ।