मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ पौष १५ बिहीबार १२:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा ८६ वर्षीया वृद्धाले पाइन् नागरिकता

Read Time : < 1 मिनेट
२०७८ पौष १५ बिहीबार १२:५३:००

मुगुमा ८६ वर्षीया वृद्धाले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन्। पूर्वी मुगुको कामारोङ गाउँपालिका– ३ की सिग्याल लामाले ८६  वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन्।

सोमबार मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको हातबाट उनले नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन्। भारतको कुल्लुमनालीमा ३५ वर्ष बसेर नेपाल फर्केकी लामाले ८६ वर्षको उमेरमा नागरिकता पाएकी हुन्। नागरिकता पाउँदा खुसी हुँदै उनले सबैलाई धन्यवाद दिएकी छिन्। अब आफ्नै गाउँघरमै बस्ने उनी बताउँछिन्।

अब राज्यबाट प्रदान हुने सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधा पाउने उनले विश्वास व्यक्त गरिन्। योभन्दा अगाडि उनीसँग नेपाली नागरिकता नहुँदा उनले राज्यबाट प्राप्त हुने सेवासुविधा पाएकी थिइनन्।  अब भने उनले नेपाली नागरिकता पाएसँगै राष्ट्रिय परिचयपत्र पनि पाएकी छिन्।