Skip This
बेलायतमा बढ्दै कोरोना संक्रमण, एकै दिन एक लाख ८३ हजारभन्दा बढी संक्रमित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १५ बिहीबार
  • Sunday, 07 July, 2024
२o७८ पौष १५ बिहीबार १२:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतमा बढ्दै कोरोना संक्रमण, एकै दिन एक लाख ८३ हजारभन्दा बढी संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १५ बिहीबार १२:१६:oo

बेलायतमा कोरोना भाइरसको संक्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि एक लाख ८३ हजार ३७ संक्रमित भेटिएका यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन्।

अधिकारीहरूले दिएको जानकारीअनुसार एकै दिनमा यहाँ यति धेरै संक्रमितहरू भेटिएको यो पहिलो घटना हो। यसअघि यहाँ सोमबार करिब एक लाख ३० हजारजनामा यो संक्रमण भेटिएको बताइएको थियो। यसैगरी मंगलबार यहाँ  कोरोनाका कारण ५७ जनाको ज्यान गएको छ। यसअघि सोमबार मात्र यहाँ संक्रमणबाट १८ जनाको मात्र ज्यान गएको थियो।
 
मंगलबार यहाँ मृत्यु हुनेको संख्या पनि बढेको पाइएको हो। यहाँ अहिलेसम्ममा एक करोड २५ लाखभन्दा बढी संक्रमित पाइएका छन्। त्यसैगरी बेलायतका स्वास्थ्य अधिकारीहरूले यहाँ अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि एक लाख ४८ हजारभन्दा बढीको ज्यान गएको बताएका छन्।

यहाँ पछिल्लो समयमा ओमिक्रोनको संक्रमण पनि बढ्दै गएको छ, जसका कारण यहाँको सरकारले कतिपय सार्वजनिक कार्यहरूमा प्रतिबन्ध लगाएको छ। पछिल्लो समयमा यहाँ ओमिक्रोनको प्रकोप बढेपछि अस्पताल भर्ना हुने संक्रमितहरूको संख्या पनि बढ्दो देखिएको छ। रासस/सिन्ह्वा

ad
ad
ad
ad