मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Thursday, 19 December, 2024
रासस काठमाडौं
२o७८ पौष १२ सोमबार १९:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगको निर्णयप्रति माओवादी केन्द्रको आपत्ति

Read Time : < 1 मिनेट
रासस काठमाडौं
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १२ सोमबार १९:२६:oo

नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद गरेको छ। निर्वाचन आयोगले  दलको विधानमा साम्यवाद र वर्ग संघर्ष लेख्न रोक लगाएको छ। आयोगको उक्त निर्णयप्रति माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आपत्ति प्रकट गरेका हुन्। 

आयोगले माओवादी केन्द्रको विधानमा रहेको साम्यवाद, वर्ग संघर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो। माओवादी केन्द्रको जारी राष्ट्रिय महाधिवेशनको बन्दसत्रको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महराले आयोगको निर्णयको प्रतिवाद गरेका हाैँ। उनले भने कम्युनिस्टहरूको शब्द नै साम्यवाद हो। त्यो नै हटाएपछि त केही बाँकी रहेन। निर्वाचन आयोगको उक्त निर्णयप्रति हामी सहमत हुन सक्दैनौँ। हामी छलफल गरेर  निष्कर्षमा पुगौँला।’

महराले पार्टीको नाम, स्वतन्त्रता र विचार उसको मार्गदर्शक सिद्धान्तका आधारमा बन्ने भन्दै आयोगले यस विषयमा लचकताका साथ सोच्नेछ भन्ने विश्वास व्यक्त गरे। माओवादीको विधानमा वर्ग संघर्षलाई समाज विकासको मुख्य आधार भन्ने उल्लेख गरिएको छ।