मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस काठमाडौं
२०७८ पौष ११ आइतबार १८:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

केन्द्रीय सुरक्षा समिति बैठकमा निर्वाचन सुरक्षाबारे छलफल

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७८ पौष ११ आइतबार १८:२७:००

केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा आइतबार बसेको बैठकमा आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए।

राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी १२ माघमा हुँदै छ। निर्वाचनका लागि विभिन्न प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्र तोकिएको छ।

राष्ट्रिय सभा निर्वाचन र आउँदै गरेको स्थानीय तह निर्वाचनलाई लक्षित गरी सुरक्षा प्रबन्ध कसरी मिलाउने भन्ने सन्दर्भमा छलफल भएको कोइरालाले जानकारी दिए। सुरक्षाका बहुआयामिक पक्षको व्यवस्थापन गर्ने र निर्वाचनको तयारीस्वरूप सुरक्षा प्रबन्ध मिलाउन समितिको बैठक बसेको उनले बताए।

बैठकमा रक्षा मन्त्रालय सचिव बेगेन्द्र शर्मा पौड्याल, गृह मन्त्रालयका सचिव पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला र गृह प्रवक्ता कोइरालालगायतको सहभागिता थियो।