१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १० शनिबार
  • Saturday, 29 June, 2024
नयाँ पत्रिका क्वालालम्पुर
२o७८ पौष १० शनिबार १२:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, क्वालालम्पुर
नयाँ पत्रिका
२o७८ पौष १० शनिबार १२:४o:oo

मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठजना अझै बेपत्ता छन्। यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो। हाल बाढीमा परी मृत्यु हुनेमा २६ पुरुष, १३ महिला र दुई बालबालिका रहेका छन्। '४१ जनाको मृत्युमध्ये २५ जना सेलांगाेरमा, १५ जना पहाङमा र एकजना केलान्तानमा रहेका छन्,' प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीले जानकारी दिए।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ। मलेसियामा वर्षायाममा बाढी आउनु सामान्य कुरा हो। तर, डिसेम्बर १७ मा देशको पूर्वी क्षेत्रमा परेको मुसलधारे पानी डिसेम्बर १९ सम्म जारी रहेपछि यसले विनाशकारी रूप लिएको छ। रासस/एएनआई/स्पुतनिक

ad
ad
ad
ad