Skip This
खानेपानीमन्त्री चौधरी भन्छन्– काठमाडौंवासीलाई मेरै कार्यकालमा मेलम्चीको पानी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १८:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खानेपानीमन्त्री चौधरी भन्छन्– काठमाडौंवासीलाई मेरै कार्यकालमा मेलम्चीको पानी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:३४:oo

खानेपानीमन्त्री उमाकान्त चौंधरीले काठमाडौंवासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले बन्द भएको मेलम्चीको पानी काठमाडौंवासीलाई अस्थायी रूपमा भए पनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताएका हुन्।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संविधानमा शुद्ध खानेपानी र सरसफाइलाई मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकालभित्रै काठमाडौंवासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए। उनले भने, ‘मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होइन तत्काल अस्थायी भए पनि खुवाउँछु। मेलम्चीको खानेपानी तपाईंहरूले अवश्य मेरै कार्यकालमा खान पाउनुहुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु।’

चौधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ–संस्थाहरूलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासनसमेत दिए। उहाँले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ–ंसंस्थाहरूले समाजमा योगदान पुर्याएका व्यक्ति तथा संघ–संस्थाहरूलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि बताए।

ad
ad