नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । उनी दुई हजार चार सय ११ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जीवनबहादुर शाहीले दुई हजार एक सय ३३ मत ल्याए ।
शाही कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत हुन् । पिछडिएका क्षेत्रतर्फबाट पाण्डे, शाही र चेतराज बजालबीच प्रतिस्पर्धा भएको थियो ।