१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘राजनीतिक पुँजी’ बचाइराख्न रक्षामन्त्रीबाट राजीनामा : मीनेन्द्र रिजाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४२:oo

रक्षामन्त्री मीनेन्द्र रिजालले भावावेशमा नभई राजनीतिक पुँजी बचाइराख्न मन्त्रीपदबाट राजीनामा गरेको स्पष्ट पारेका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रिजालले बिहीबार रक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी लामो राजनीतिक जीवनबाट आर्जन गरेको सम्पत्ति ‘राजनीतिक पुँजी’ बचाई राख्न राजीनामा दिएको जिकिर गरे ।

उनले भावावेशमा नभई राजनीतिक सम्पत्ति गुमाएँ कि भन्ने लागेर आफूले राजीनामा गरेको बताए । आफू राजनीतिमा हारेको वा थाकेको सिपाही नभई दृढ निश्चयका साथ अघि बढ्न सक्ने आत्मविश्वासका साथ उभिएको पनि उनले बताए ।

उनले भने, ‘राजनीतिक सम्पत्ति गुमाएँ कि जस्तो लाग्यो । मैले निर्वाचन हारेको मात्रै होइन । त्यसैले पनि राजनीतिक पुँजी बचाएर राख्नुपर्छ भन्ने लागेर नै यो राजीनामा गरेको हो । अहिलेको निर्णय रक्षामन्त्री पदबाट राजनीनामा दिने मात्रै हो । त्योभन्दा अगाडि के हुन्छ सोचेको छैन । राजीनामाभन्दा पनि बढी गम्भीर व्यक्तिगत जीवनमा उतारचढाव होला तर कांग्रेस निश्चल बगिरहन्छ । यसले आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ भन्ने गहिरो भाव र निश्चय भावका साथ म अगाडिको निर्णय गर्न सक्ने ठाउँमा उभिएको छु जस्तो लाग्छ । मन्त्री रहेर–नरहेर क्रियाशील राजनीतिमा रहेर–नरहेर म दृढ निश्चयको भावमा उभिएको छु । राजनीतिमा हारेको, थाकेको सिपाही होइन ।’

आफूले कुनै लेनदेनबाट शेखर कोइरालालाई समर्थन नगरेको पनि उनले स्पष्ट पारे । उम्मेदवारी दिँदै गर्दा पराजित हुनुपरे पनि आफूभन्दा सक्षम र सबैले पत्याएको मान्छे छोडेर जानेमा आफू ढुक्क भएको भन्दै उनले पार्टी अझै सक्रियताका साथ अघि बढोस् भन्ने कामना आफ्नो रहेको बताए ।

उनले पार्टीले चित्तबुझ्दो जिम्मेवारी नदिए राजनीतिबाटै अलग हुन सक्ने संकेत पनि गरे । सञ्चारकर्मीको जिज्ञासामा उनले सक्रिय राजनीतिबाट अलग हुने निर्णयमा आफू पुगिनसकेको भए पनि त्यो सम्भावनालाई पनि ननकार्ने बताए । उनले भने, ‘संकेत गरेको होइन तर त्यो सम्भावनालाई नकार्न पनि सकिँदैन । सार्वजनिक जीवनमा रहन्छु । तर, राजनीतिबाहिर वा भित्र रहेर त्यो अहिले थाहा छैन । पार्टीको १४औँ महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले मलाई कांग्रेसको सदस्यको रूपमा जसरी उपयोग गर्न चाहन्छ त्यो मलाई चित्तबुझ्यो, उचित भयो भने त्यहीअनुसार अगाडि बढ्ने हो । होइन भने मैले आफ्नो बाटो आफूले रोज्दै जाने हो ।’

ad
ad