१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २८ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २८ मंगलबार o७:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता आत्तिँदा करिब ८० अंकले घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २८ मंगलबार o७:४३:oo

सेयर बजार घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । दैनिक एकपछि अर्को उच्च अंकले घट्दै आएको सेयर बजारमा लगानीकर्ता पीडित बन्न पुगेका छन् । 
घटिरहेको बजारलाई नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिका कारणले पनि सोमबार लगानीकर्तालाई हतोत्साही बनाएको छ । उक्त अभिव्यक्तिले पुँजी बजारको क्षेत्रमा तरंग ल्याइदिएको छ । लगानीकर्ताले चर्को आलोचनासमेत गरेका छन् । जिम्मेवार व्यक्तिले दिएको अभिव्यक्तिले लगानीकर्तालाई उत्साहित बनाउनुपर्नेमा, पुँजी बजारलाई नकारात्मक प्रभाव पार्ने अभिव्यक्ति दिनु पुँजी बजारप्रति उनीहरूको दृष्टिकोण सकारात्मक नभएको लगानीकर्ताले बताउन थालेका छन् । 

अहिलेको वातावरणले ठूलाभन्दा पनि साना लगानीकर्ता प्रभावित बन्न पुगेको लगानीकर्ता बताउँछन् । साना लगानीकर्ता आत्तिएर सेयर बेच्न पुगेका देखिन्छन् । बोनस सेयर दिने कम्पनीहरू बिस्तारै कम हुँदै जानु, बैंकमा अझै तरलताको कमी, सरल कर्जाको असरले पनि बजार घट्नलाई थप बल पुगेको छ ।

सोमबार नेप्से सूचक ७९ दशमलव ५७ अंकले घटेर दुई हजार दुई सय ८१ दशमलव ६७ बिन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १२ दशमलव ४७ अंकले घटेर चार सय ३७ दशमलव ५९ बिन्दुमा पुगेर रोकिएको छ । सोमबार एक सय ८२ कम्पनीहरूको सेयर मूल्यमा गिरावट आएको छ भने पाँच कम्पनीको सेयर मूल्य झिनो अंकले बढेको छ ।

बजार एक सय अंकले घटेर फर्किएको थियो । सुरुवातदेखि नै घटेको नेप्से सूचक दुई घण्टामै सय अंकमुनि घटेर फर्किएको हो । बजार घटबढ हुँदै गर्दा दुई हजार दुई सयमाथिकै बिन्दुमा पुगेर बन्द भएको छ । यसले बजार घटिरहन सक्दैन भन्ने संकेत गरेको भने देखिन्छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतदेखि ९ प्रतिशतभन्दा बढीले घटेको छ ।

गोर्खाज फाइनान्स र बोटलर नेपाल (तराई), युनिलिभर नेपाल लिमिटेड, माउन्टेन इनर्जी नेपालको सेयर मूल्यमा बढेको छ । यी कम्पनीको सेयर ९ देखि २ प्रतिशतसम्मले मात्र बढेका छन् । घटेको बजारमा सेयर किनबेच भने बढेको छ । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय ३३ कम्पनीको ९७ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्बमाथिको कारोबार भएको छ । सर्वाधिक कारोबार नबिल बैंकको रहेको छ । बैंकको १८ करोडमाथिको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावर, हिमालयन डिस्टिलरी, मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंकको १३ करोड रुपैयाँदेखि १० करोड रुपैयाँसम्मको कारोबार भएको छ ।