१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Sunday, 29 September, 2024
२o७८ मङ्सिर २७ सोमबार १६:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज भन्सारमा ७ हजार मेट्रिक टन मल अलपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार १६:३९:oo

सरकारले किसानका लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगन्ज भन्सारमा एक वर्षदेखि अलपत्र रूपमा फालिएको छ। गत वर्ष किसानहरूले धानबालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार भएको थियो। तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तरहिन भएको भन्दै भन्सार पास नहुँदा वीरगन्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र परेको छ।

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकाता बन्दरगाहमा धेरै समय बसेको थियो। कोलकाता बन्दरगाहका बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो। कोलकाताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो। कोलकाता भन्सारमा छाड्न नमिलेकाले वीरगन्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलफत्र रूपमा छाडिएको छ।

ड्यामेज भएर मल भन्सारमा आएकाे र राख्न समस्या भएकाले बाहिर खाली भागमा राखिएको भन्सार कार्यालयले जनाएको छ। अलपत्र रूपमा फालिएको मल गत वर्ष साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको थियो। आर्थिक वर्ष ०७६/७७ मा साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्विस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो। उक्त मल ०७७ असोज १८ गते २३ सय मेट्रिक टन डिएपी र भदौ पहिलो साता २५ सय मेट्रिक टन मल बन्दरगाह आइपुगेको थियो।