१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २६ आइतबार १८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पार्टीको नेतृत्व परिवर्तन हुन्छ, गठबन्धन सुदृढ बनाउँछौँ : शेखर कोइराला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २६ आइतबार १८:४६:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सरकार र गठबन्धनलाई अझ सुदृढ बनाएर निर्वाचनमा जाने बताएका छन्। ‘यो सरकारलाई अझ सुदृढ बनाएर, सत्तागठबन्धनलाई सुदृढ बनाएर निर्वाचनमा जाने हो। अर्ली निर्वाचन भन्ने कुरा आउँदैन,’ उनले भने। उनले यो अधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन हुने बताए।

आइतबार साँझ आयोजिक पत्रकार सम्मेलनमा उनले एउटा व्यक्ति नरहने बित्तिकै अधिनायकवाद आउँछ भन्ने सोच नै अधिनायकवादी भएको बताए। उनले रामचन्द्र पौडेल र शशांक कोइरालाको आशिर्वाद आफ्नो समूहलाई भएको बताए। 
पार्टीको निर्वाचन राज्यसत्तासँग पनि गाँसिएर आउनु नेपाली कांग्रेसका लागि दुःखद भएको उनको भनाइ छ। असल नेपाली कांग्रेस बनाउने कल्पनालाई अगाडि बढाउन आफ्नो टिम सक्षम भएको उनले बताए।

निर्वाचनको दौरान गृह प्रशासनले कसरी काम गर्यो भन्ने भनिरहनु नपर्ने उनले टिप्पणी गरे। वरिष्ठ नेता रामचन्द्र पौडेललाई सहमतिको उम्मेदवार बनाउन नसकेपछि आफू सभापतिमा उठेको उनले बताए। ‘मैले उहाँलाई छोडेको हो तर उहाँको नाममा सहमति हुन सकेन म पनि उठेँ भनेर भने। उहाँलाई म अत्यन्त सम्मान गर्छु,’ कोइरालाले भने।  महाधिवेशनपछि पार्टीमा गुट उपगुटको अन्त्य गर्दै पार्टीमा मौलाएको भागबन्डाको संस्कृतिको अन्त्य गर्ने उनले बताए।
 

ad
ad
ad
ad