मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २६ आइतबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
सौरभ यादव राजविराज
२o७८ मङ्सिर २६ आइतबार o९:१६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

शीतलहरबाट सप्तरीमा  ५० हजार मानिस प्रभावित हुने

Read Time : < 1 मिनेट
सौरभ यादव राजविराज
नयाँ पत्रिका राजविराज
२o७८ मङ्सिर २६ आइतबार o९:१६:oo

शीतलहरबाट सप्तरीमा यस वर्ष ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘शीतलहर आकस्मिक योजना २०७८’ प्रतिवेदनमा मंसिरदेखि फागुनसम्म पाँच हजार विपन्न घरका ५० हजार व्यक्ति प्रभावित हुन सक्ने अनुमान गरिएको हो ।

समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सबैभन्दा बढी हनुमाननगर कंकालिनी नगरपालिकामा एक हजार ५० परिवारका १० हजार पाँच सय र सबैभन्दा कम रूपनी गाउँपालिकामा ५० घरपरिवारका पाँच सय व्यक्ति शीतलहरबाट प्रभावित हुन सक्ने योजनामा समेटिएको जानकारी दिए । 

तिलाठी कोइलाडी गाउँपालिकामा चार सय ५० घरका चार हजार पाँच सय, छिन्नमस्ता गाउँपालिकाका तीन सय ७५ घरका तीन हजार सात सय ५०, तिरहुत गाउँपालिकाका तीन सय ५० घरका तीन हजार पाँच सय, राजगढ गाउँपालिकाका तीन सय ५० घरका ३५ सय व्यक्ति प्रभावित हुन सक्नेछन् । 

यस्तै, डाकनेश्वर नगरपालिकामा तीन सय ५० घरका तीन हजार सात सय ५०, कञ्चनरूप नगरपालिका र बलान विहुल तथा महादेवा गाउँपालिकामा समान दुई सय ५० परिवारका २५–२५ सय व्यक्ति प्रभावित हुन सक्नेछन् । राजविराज र खडक नगरपालिमा समान दुई सय घरका दुई–दुई हजार, छिन्नमस्ता गाउँपालिकामा एक सय ७५ घरका एक हजार सात सय ५० व्यक्ति प्रभावित हुन सक्ने योजनामा समेटिएको छ ।

सप्तकोसी, सुरुंगा र बोदे बरसाइन नगरपालिका तथा विष्णुपुर गाउँपालिकामा समान एक सय ५० घरका १५–१५ सय र शम्भुनाथ नगरपालिकामा एक सय घरका पाँच सय व्यक्ति शीतलहरबाट प्रभावित हुन सक्नेछन् ।

शीतलहरबाट सर्वसाधारणलाई जोगाउन सबै स्थानीय तह र सरोकारवालासँग समन्वय गरेर पहिले नै न्यानो कपडा, इन्धन, दाउरा वितरण गर्ने, एफएमबाट जनचेतनामूलक सामग्री प्रसारण गर्ने, शीतलहर पूर्वतयारी कार्यशाला सञ्चालन गर्ने–गराउनेलगायतका कार्य गर्ने योजनामा समेटिएको छ ।