नेको इन्स्योरेन्सको काठमाडौं ज्ञानेश्वरस्थित नवनिर्मित केन्द्रीय कार्यालय ‘बिमा भवन’को बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरेका छन् । नयाँ भवन ग्राहकहरूको सेवालाई चुस्त बनाउनका लागि निर्माण गरेको कम्पनीले जनाएको छ । केन्द्रीय कार्यालय भवनको निर्माण कम्पनीको स्थायित्व र ग्राहकहरूको विश्वासको प्रतीक पनि भएको कम्पनीको ठम्याइ छ ।
कम्पनीले आफ्नो नयाँ भवनबाट ग्राहकहरूको सेवामा अझै समर्पित भएर लाग्ने र सोहीअनुुरूप ग्राहकबाट पनि सद्भाव एवं विश्वास प्राप्त गर्ने अपेक्षा गरेको छ । बिमा समितिका अध्यक्ष सिलवालले नेको इन्स्योरेन्सको आफ्नो भवन निर्माण हुुनुु कम्पनीको सबल पक्ष भएको र यसले ग्राहकको थप विश्वास प्राप्त गर्ने बताए ।
उनले बिमितहरूलाई छिटो–छरितो सेवा पुु¥याउन कम्पनीलाई निर्देशनसमेत दिएका थिए । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं व्यवसायी डा. उपेन्द्र महतोले पनि कार्यक्रममा आफ्नो मन्तव्य राखेका थिए ।